Breaking News

देशभर ३४८१ जना कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

Banner

काठमाडौं, साउन २७-

पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा दुई हजार ६१६ र पाँच हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी तीन हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>