चितवन विशेष

रोटरी नारायणी मिड टाउनद्धारा १० विद्यार्थीको अभिभावकत्व ग्रहण

Banner

चितवन, साउन २६–

रोटरी क्लव अफ नारायणी मिड टाउनले थप १० जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । मंगलबार पंञ्चदिप आधारभुत विद्यालय रत्ननगर–१२ मा अध्ययनरत कक्षा केजी, १ र २ कक्षाका १० जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको हो ।

“स्वार्थ भन्दा माथी सेवा” भन्ने मुल नाराबाट स्थापित रोटरी क्लबले पहिलो चरणमा ५ वर्ष अगाडीदेखि इच्छाकामना–७ गदर्सि मावि गर्दासमा अध्ययनरत २५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै आइरहेको छ । अहिले थप १० जनाको अभिभावकत्व ग्रहण गरेर ३५ पुर्‍याईएको वर्ष २०२१/२२ का अध्यक्ष राजेश्वर खनालले जानकारी दिए । आगामी वर्षमा थप बालबालिकाको अभिभावकत्व ग्रहण गर्दैजाने अध्यक्ष खनालले बताए ।

अध्यक्ष खनालकोअध्यक्षतामा भएको कार्यक्रममा आर सी नारायणी मीड टाउनका पूर्व अध्यक्ष डा.केशव भुर्तेल, निवर्तमान अध्यक्ष यमनाथ दनै, सचिव अनुज पन्त, कार्यक्रम संयोजक कृष्णलाल दाहालसहित १२ जना रोटरीयनहरु र विद्यालयका प्राचार्य सर्मिला भट्ट, संस्थापक अध्यक्ष श्याम बराल, शिक्षाविद्ध वसन्त अधिकारीलगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष बीरबहादुर पाख्रिनको विशेष उपस्थिती रहेको थियो । यस विद्यालयमा यसै क्लबबाट शुद्ध खानेपानी व्यवस्थापन समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>