Breaking News

नेपालमा थप ५ हजार जना संक्रमित, ३५ जनाको मृत्यु, संक्रिय संक्रमित ३७ हजार नाघे

Banner

काठमाडौं, साउन २५
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ जना पुगेको छ । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितकोको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>