इच्छकामना

चितवनको कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु

Banner

 

चितवन, साउन २६

चितवनको इच्छाकामना गाउँपालिका–३ कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
चितवन प्रहरीले जनाएअनुसार आज दिउँसो काठमाण्डौबाट मुग्लिन तर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट गइरहेको ग१६प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ग १६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशिल पोख्रेल रहेका छन् । उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बा६४प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुर कौवादुङमा गाउँपालिका–४ बस्ने बर्ष २४ को सन्दिप बस्नेत र २१ वर्षीय जय कार्की घाइते भएका छन् । ठक्कर खाने दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>