देश/प्रदेश

केपी ओली भन्छन्, ‘म झ्यालबाट होइन मूल ढोकाबाट फेरि आउनेछु’

Banner

काठमाडौं, साउन २६ –

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि असाधारण जनमतका साथ फेरि सरकारमा आउने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले आफु झ्यालबाट होइन मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका हुन् ।

म झ्यालबाट होइन मूल ढोकाबाट फेरि आउनेछु, फेरि सुनिराखे हुन्छ, असाधारण जनमतका साथ फेरि पनि मूल ढोकाबाट प्रवेश गरिन्छ, उनले भने।

‘६४ वर्षको उमेरसम्म त प्रधानमन्त्री थिइनँ, भइयो। मैले त्यसबेला भनेको थिएँ म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिडिँबाट होइन, भेन्टिलेसनबाट होइन । म मुल ढोकाबाट, मूल बाटो, मूल गेटबाट आउनेछु, फेरिपनि सुनिराख्नु भएहुन्छ ।’ उनले भने, ‘पहिलेपनि मैले भनेको थिएँ। फेरि पनि सुनिराख्नु भएहुन्छ, असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।’असाधारण जनमत साथ फेरिपनि, मूल बाटो, मूल गेट, मुल ढोकाबाट प्रवेश गर्नेछु।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>