Breaking News
चितवनमा जिम्मेवार पक्षहरु नै कोरोना फैलाउन लागेः प्रजिअ लामिछाने
०

चितवन, साउन २६–
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिम्मेवार पक्षहरु नै कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज विहान गरेको भर्चुअल प्रेम मिटमा बोल्दै प्रजिअ लामिछानेले कोरोना संक्रमण रोक्नका लागि अभियान चलाउनु पक्ष नै भेला गरेर कोरोना फैलाउन उद्दत रहेको बताए । ‘भेला गरेर भिडभाड बनाउँदै लैजाने गतिविधिलाई हामीले गम्भिरताका साथ लिएका छौं, उहाँहरुलाई हामीले सम्झाउने काम गरिरहेका छौँ’ प्रजिअ लामिछानेले भने ।
हिजो मात्रै भरतपुरको चौविसकोठीमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले(ले भिडभाड गरेर विरोध प्रदर्शन गरेको थियो । भिडभाडमा धेरैजसो मास्क नलगाई मानिसहरु सहभागि भएका थिए । चितवन प्रशासनले हिजोबाट नै निषेधाज्ञालाई केही कडाई गर्न थालेको छ । पसलहरु फेरि साताका तिन दिन मात्रै संचालन गर्न अनुमति दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















