Breaking News
नारायणगढको लायन्सचोकमा ट्रक र मोटरसाइकल ठोक्कियो, एक जना गम्भिर घाइते
०

चितवन, साउन २५–
चितवनको नारायणगढमा सवारी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् ।
नारायणगढबाट भरतपुरतर्फ आउँदै गरेको ग १ क २६७६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प ५८६९ नम्बरको मोटरसाइकललाई साँझ ८ः१० बजेको समयमा ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक माडी नगरपालिका–८ खरकठ्ठाका ५२ वर्षीय कुमार पौडेल घाइते भएका छन् ।
उनको गम्भिर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । प्रहरीले ठक्कर दिने ट्रकको चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























