चितवन विशेष
चितवनमा दुई वर्ष बढी समयदेखि फरार प्रतिवादी पक्राउ
०

चितवन, साउन २५-
चितवन प्रहरीले दुई वर्ष बढी समयदेखि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवन र धादिङको दुई वर्ष अघिको फैसलामा वन पैदावर चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेको दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई लाख छ हजार जरिवाना तोकिई फरार रहेका प्रतिवादी खैरहनी नगरपालिका वडा न.१ बस्ने ३० वर्षीय बिनोद बुर्लाकोटी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र नगद ५० हजार जरिवाना तोकिई फरार रहेका खैरहनी नगरपालिका वडा न.२ बस्ने २६ वर्षीय संजोग भट्टलाई आइतबार पक्राउ गरेको हो । दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















