Breaking News

कोरोना संक्रममणबाट भरतपुर अस्पतालमा तीनसहित चितवनमा आज एकैदिन छ जनाको मृत्यु

Banner

चितवन, साउन २४-

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन छ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।

मृतकहरु मध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका २६० जना बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् । चितवनमा विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>