Breaking News
चितवनमा एकैदिन २२३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २३३२ पुग्यो
०

चितवन, साउन २२
चितवनमा पछिल्लो २४ घण्टामा २२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ६९३ वटा पिसिआर परीक्षण र २०९ वटा एन्टीजेन परीक्षणमा २२३ जनामा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ३३२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























