Breaking News
चितवनमा आइतबारदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने
०

चितवन, साउन २२
चितवनमा आइतबारदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज शुक्रबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने कार्यालयले जनाएको छ ।
खोप लगाउन जाँदा पहिलो मात्रा लगाउँदाको कार्ड र परिचयपत्र अनिवार्य लैजानुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























