Breaking News

नेपालमा थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

Banner

 

काठमाडौँ, साउन २१

नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा तीन हजार सात जना र छ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख आठ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् । १० वर्ष मुनिका ८७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७६६, झापामा ३७४, चितवनमा २६१, मोरङमा १६८, ललितपुरमा १६३, भक्तपुरमा १४६ र काभ्रेपलाञ्चोकमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>