चितवन विशेष

रत्ननगरको मुसहर बस्तीमा खाने पानीको २६ वटा फिल्टर वितरण

Banner

चितवन, साउन २१-

नारायणगढ रोटरी क्लबले रत्ननगर नगरपालिका–६ को सिसुवामा रहेको रोटरी मुसहर नमूना गाउँमा खाने पानीको फिल्टर वितरण गरेको छ ।
रत्ननगर–६ का वडा सदस्य भगवती माझी तथा रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नारायण प्रधानको विशेष उपस्थितिमा २६ घरपरिवारको लागि शुद्ध खानेपानी व्यवस्थापनका लागि वाइन टु वाटर नेपालको सहयोगमा आवश्यक २६ थान सयर फिल्टर वितरण गरिएको हो ।

चितवन र गैँडाकोटका रोटरी क्लबहरू मिलेर उक्त मुसहर गाउँमा २० घर निर्माण गरिसकेको र बाँकी छ वटा घरहरू निर्माणको क्रममा रहेको रोटरी मुसहर नमुना गाउँका संयोजक तथा रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले हामीलाई बताए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्षहरू चुननारायण श्रेष्ठ, रोहितकुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, निवर्तमान अध्यक्ष अनुकूल श्रेष्ठ, सेवा परियोजना निर्देशक गुणेश्वर महतोको उपस्थिति रहेको क्लबका सचिव दिलीप तामाङले जानकारी गराए । त्यसैगरी इच्छाकामना गाउँपालिका–४ मा अवस्थित दारेचोक स्वास्थ्य चौकीमा रहेको एक बिरामीलाई क्लबका पूर्वअध्यक्ष राजेन्द्र ओलीले ह्विल चेयर सहयोग प्रदान गरेको सचिव दिलिप तामाङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>