राजनीति

भूमि आयोग खारेजीको विरोधमा सुकुम्बासी बस्तीबाट युवासंघको प्रदर्शन

Banner

काठमाडौं,साउन २१-

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा नेकपा (एमाले)को भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। मनहरास्थित सुकुम्बासी बस्तीबाट ब्यानर, पम्प्लेटसहित युवा संघले प्रदर्शन गरेको हो। केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको थियो।  प्रदर्शनमा भूमि अधिकार खोस्न पाइँदैन, भूमि हाम्रो अधिकार हो, भूमिहीन जनता एक हौँ, गरिबमारा सरकार मुर्दावाद, हाम्रो भूमि फिर्ता दे, भूमि खोस्न पाइँदैन, सुकुम्बासीको माग पूरा गर लगायताका नारा लगाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>