राजनीति

पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जाने उल्लु काम हामीबाट हुँदैनः भीम आचार्य

Banner

काठमाडौं,साउन २१-

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको बताएको छ। साउन ३ मा आफूलाई विश्वासको मत दिएको नेपाल पक्षलाई पनि सत्तामा लैजान देउवाले कुरिरहेको अवस्थमा यस्तो प्रतिक्रिया आएको हो।

नेपाल पक्षका नेता एवम् एमाले सचिव भीम आचार्यले आफूहरुका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको कुरा गलत भएको बताए। बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै उनले आफूहरुका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको भन्ने कुरालाई अस्वीकार गरे। मन्त्रिपरिषद् विस्तार हाम्रो पक्षका कारण रोकिएको होइन, प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण हो,उनले भने, देउवाकै कारण सरकार विस्तार नभएको हो।

नेता आचार्य नेकपा एमाले प्रतिपक्षमा बसेका बेला आफूहरु सरकारमा जाने जस्तो उल्लु काम नगर्न पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>