राजनीति
माधव नेपाल समूहको केन्द्रीय सदस्यको बैठक बस्दै
०

काठमाडौं,साउन २१-
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक आज (बिहीबार) बिहान ११ बजे शंखमुलस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने गरी आह्वान गरिएको एक नेताले बताए। यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो।
एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए। यसैबीच, पार्टी अध्यक्ष ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भनेको छ।
बुधबार साँझ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति निकाल्दै बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनधिकृत भएको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























