स्वास्थ्य

आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने

Banner

काठमाडौं,साउन २०-

जापान सरकारले नेपाललाई दिन लागेको एस्ट्राजेनिका खोपको १६ लाखमध्ये आठ लाख खोपको मात्रा यहि साता नेपाल आइपुग्ने भएको छ। जापानमै उत्पादित कोभिड–१९ विरुद्धको सो खोपको पहिलो खेप शनिबार काठमाडौं आइपुग्ने काठमाडौँस्थित जापानी राजदूतावासले जनाएको छ। दोस्रो खेप आइतबार आइपुग्ने समेत बताइएको छ।

यी दुई खेपमा करिब ८ लाख खोप आईपुग्ने जापानी राजदूतावासले जनाएको छ। बाँकी ८ लाख खोप भने कोभ्याक्स फेसिलिटी अन्तरर्गत केही समयपछि मात्रै नेपाल आउने दूतावासले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार जापानबाट अनुदानमा प्राप्त एस्ट्रा जेनिका खोप यसअघि पहिलो मात्रा खोप लिएर दोस्रो मात्रा प्रतिक्षारत वृद्धावृद्धालाई दिइने तयारी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>