कर्पोरेट

ग्लोबल आईएमई बैँकको एकैसाथ सात शाखा सञ्चालनमा

Banner

चितवन, साउन २०-

ग्लोबल आइएमई बैँक लिमिटेडले आजदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आज प्रेषित गरेको विज्ञप्तिअनुसार काठमाडौँ महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीच बजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

ग्लोबल आईएमई बैँकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत् आफ्ना २३ लाख बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको बैँकको विज्ञप्तिमा दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>