स्वास्थ्य

एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

Banner

काठमाडौं,साउन २०-

नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । केही समय अघिदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको आज बुधवार मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

एफोलो अस्पतालमा डा.अखिल मिश्रको निगरानी तथा नेतृत्वमा उपचाररत खनालको आज डा. सन्दीप गुलेरियाको सर्जरी टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो । अब नेता खनालले केही समय अस्पतालमै रही आराम गर्नुहुने र स्वास्थ्य स्थिति सामान्य भएपछि नेपाल फर्किनुहुने उहाँको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>