राजनीति

लुम्बिनी प्रदेश सभा सदस्य वली पुन माओवादी केन्द्रमै फर्किइन

Banner

दाङ, साउन २०-

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली पुन माओवादी केन्द्रमै फर्किएकी छन्। पछिल्लो एक सातादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार आफैं पार्टीको सम्पर्कमा आएकी हुन्।

दुई दिन अगाडि आफू नेकपा (एमाले) मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी बिमलाले आफू नेकपा माओवादी केन्द्रमैं रहेको भनेर म्यासेज गरेकी छन्। माओवादी लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मोबाईलमा म्यासेज गरेर वलीले बुधबार आफू माओवादीमै रहेको बताएकी हुन्।

दुई दिनअघि मात्रै विमलाले एक विज्ञप्ति निकाल्दै आफू एमालेमै रहेको बताएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>