राजनीति

पौडेल पक्षको निष्कर्षः क्रियाशिल सदस्यता वितरणमा धाँधली भयो

Banner

काठमाडौं,साउन १९-

नेपाली कांग्रेसको संस्थापन इतर समूहले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदन निर्धारित मापदण्ड विपरीत आएको निष्कर्ष निकालेको हो।

बैठकले पार्टीको विधान र केन्द्रीय कार्यसमितिले निर्धारण गरेको मापदण्डभन्दा बाहिर गएर छानबिन समितिले सहमतिका नाउँमा बुझाएको क्रियाशिल सदस्यतालाई अस्वीकार गर्नेसम्मको विषयमा छलफल भएको सहभागी एक नेताले जानकारी दिए। ती नेताले भने, ‘छानबिन समितिले सहमतिका नाउँमा हचुवाका भरमा मनलागी क्रियाशिल सदस्यताका स्वीकृत गरेर प्रतिवेदन दिएको छ। त्यसलाई सच्याउनुपर्छ भन्ने नेताहरुको सुझाव आयो।’ वरिष्ठ नेता पौडेलले क्रियाशिल सदस्यता वितरणमा धाँधली गरिएको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>