राजनीति
प्राधिकरणमा मलाई चार वर्षलाई नियुक्ति गरिएको हो, राजीनामा दिन्नँः हितेन्द्रदेव
०

काठमाडौं,साउन १९-
नेपाल विद्युत्का प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यको राजीनामा माग गरेकी थिइन् ।
‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधानमन्त्रीकै अगाडि राखेर ऊर्जामन्त्रीले राजीनामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, ‘तर उहाँ मलाई चार वर्षका लागि नियुक्त गरिएको हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो ।’
२६ कात्तिक २०७७ देखि कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई मन्त्रिपरिषद्ले २६ माघ २०७७ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























