Breaking News

प्रधानमन्त्री देउवाको निर्देशनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रक्रिया थाल्नुहोस्

Banner

काठमाडौँ, साउन १९–

लोडसेडिङ हटाएर सर्वाधिक चर्चामा रहेका कुलमान घिसिङलाई पुनः विद्युत प्राधिरणको कार्यकारी निर्देशक बनाउने गरी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशक र्दिका छन् ।

उर्जामन्त्री पम्फा भुषाललाई बालुवाटार बोलाएरै कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने गरी प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।

शाक्यले राजीनामा नदिए सरकारले स्पष्टीकरण सोधेर हटाउने तयारी थालेको छ । कुलमानले लोडसेडिङ हटाउनुका साथै लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए। उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनको पुनर्नियुक्त गरेको थिएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>