Breaking News

डा.रुद्र मरासिनीको सरुवा एक दिन पनि टिकेन, डा.जागेश्वरको ठाउँमा डा. भुपेन्द्र बस्नेत जाने

०
Banner

काठमाडौँ, साउन १९–

स्वास्थ्य मन्त्रालयले अचानक कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमलाई सरुवा गरेपछि हलचल मच्चियो ।

डा.गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार निर्णय गरेका थिए । तर डा.गौतमको सरुवा त भयो उनको ठाउँमा पठाउने भनिएका डा.मरासिनीको सरुवा एक दिन पनि टिकेन र अर्को चिकित्सकलाई पठाउने निर्णय भएको छ ।

अन्ततः डा.जागेश्वर गौतमको सरुवा सदर गर्दै उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर प्रधानमन्त्री देउवाले त्यो निर्णयलाई उल्टाई दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>