Breaking News

काठमाडौँ प्रशासनले भन्यो: कोरोनाको तेस्रो लहर आउनसक्छ, सभा सम्मेलन नगरौं

Banner

काठमाडौँ, साउन १९-

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।

प्रशासनले हाल निषेधाज्ञा जारी रहेको अवस्थामा पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने, भीडभाड गर्ने, मास्क प्रयोग नगर्ने, भौतिक दूरी पालना नगर्नेलगायतका गतिविधि देखिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

कोरोनाको तेस्रो लहरको आउनसक्ने भन्दै जिप्रका काठमाडौँले त्यसप्रति सचेत हुन सूचित गरेको छ।

‘कोभिड १९ को संक्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न÷नगराउन सबै पक्षलाई सूचित गरिन्छ। जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ जिप्रका काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>