देश/प्रदेश
महाधिवेशन बारे छलफलको लागि सिंह निवासमा पौडेल पक्षको बैठक
०

काठमाडौं, साउन १९ –
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आज बैठक बस्न लागेका छन् । मंगलबार दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा बैठक राखिएको हो।
क्रियाशील सदस्यतामा देखिएका विवाद शीर्ष नेतृत्वबाट हल गर्ने भने पनि अहिलेसम्म हल हुन सकेको छैन । बाराका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको आज २५ दिन भइसकेको छ।
बारा, सप्तरीलगायत जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन। यसले गर्दा १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित रहेको छ । नेताहरूले अब भदौमा महाधिवेशन सम्भव छैन भन्न थालिसकेका छन्। महाधिवेशन केन्द्रित बैठक आज पौडेल पक्षले गरेको हो। जसमा सभापति शेरबहादुर देउवानिकटबाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























