खैरहनी

खैरहनी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, साउन १८-

लुमन्ती आवासका लागि सहयोग समूहले चितवनको खैरहनी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फ्रयाङ्क वाटर युकेको सहयोगमा लुमन्तीले कोरोना महामारी विरुद्धको विभिन्न नौ प्रकारका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई सहयोग गरेको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको प्रभावलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सो सामग्रीहरु हस्तान्तरण गरिएको थियो । लुमन्तीका कार्यक्षेत्र संयोजक शिंहबहादुर वाइवा तामाङले ती स्वास्थ्य सामग्रीहरु खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीलाई हस्तान्तरण गरेका थिए ।

तामाङका अनुसार डिजिटल थर्मोमिटर १० थान, पीपीई २० थान, फेस सिल्ड १५० थान, स्यानिटाइजर ४५ थान, सर्जिकल मास्क पाँच हजार थान, स्यानिटरी प्याड ३० पोका, फस्ट एड बक्स १० थान, अक्सिमिटर १० थान र हाते रुमाल २० थान प्रदान गरिएको हो ।

कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, खैरहनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्मा, जनस्वास्थ्य निरीक्षक नविन अधिकारीकोसमेत कार्यक्रममा सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>