Breaking News

चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, अस्पतालमा बिरामीको संख्या २१२ पुग्यो

Banner

चितवन, साउन १८-

चितवनमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

स्वास्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवन मेडिकल कलेजमा चितवनका एक जना र पुरानो मेडिकल कलेजमा बाराका एक जनाको मृत्यु भएको हो ।

चितवनमा दैनिक कोरोना संक्रमण दर २०० ले बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको छ । विभिन्न अस्पतालमा २१२ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ८० जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा ४८ जना र जेनरल बेडमा ८४ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>