Breaking News

नेपालमा ६ महिनापछि ३ करोड २३ लाख कोरोना खोप आइसक्ने स्वास्थ्य राज्यमन्त्रीको दाबी

Banner

काठमाडौं, साउन १८ –

स्वास्थ्य तथा जनसंख्यामन्त्री उमेश श्रेष्ठले माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप नेपाल आइसक्ने बताएका छन् । श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिँदै चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने बताएका हुन् । भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आइपुग्ने उनले बताए ।

श्रेष्ठका अनुसार चीनको सिनोफार्म कम्पनीसँग ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ । अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र श्रेष्ठ आएपछि सम्झौतामा हस्ताक्षर भएको हो ।

आफू मन्त्रालयमा आएपछि मोडेर्नाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी गरेको उनले बताए । अमेरिकी कम्पनी जोनसन एण्ड जसनसको ५० लाख, फाइजरको ४० लाख र एस्ट्राजेनेकाको २० लाख खोप खरिदको प्रक्रिया पनि अघि बढेको स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

हालसम्म नेपालमा ९७ लाख खोप आइसकेको र कोभ्याक्स कार्यक्रममार्फत पनि १ करोड १३ लाख डोज खोप आउँदा ५ करोड २२ लाख ८२ हजार खोप उपलब्ध हुने श्रेष्ठले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>