देश/प्रदेश
वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबिच झडप, ४ जना घाइते
०

काठमाडौं, साउन १७ –
वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबिच झडप भएको छ । स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।
अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले जानकारी दिएका छन् । झडपमा ४ जना घाइते भएका छन् ।
सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो । तर त्यसपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि गुनासो गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























