अन्तर्राष्ट्रिय
अमेरिकामा मृत्यु भएका युवाको शव नेपाल ल्याउन आर्थिक समस्या
०

अमेरिका, साउन १७ –
अमेरिकाको न्युयोर्कमा मृत्यु भएका नेपाली युवा २८ वर्षीय विपिन लम्सालको शव नेपाल पठाइने भएको छ । शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान संचालन भएको हो ।
लम्साल अमेरिकाको न्युयोर्क स्थीत ग्रयाण्ड एभिन्युमा बस्दै आएका थिए । गत मङ्गलवार उनको अचानक मृत्यु भएको थियो । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा नै उनको मृत्यु भएको हो ।
पर्वतका लम्साल २०१६ मा अमेरिका कामको सिलसिलामा पुगेका थिए । त्यसपछि उनले परिवार पनि उतै लगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























