राजनीति

राष्ट्रियताका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा हुनुपर्छ : महासचिव पोखरेल

Banner

काठमाडौँ, साउन २३ –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं.६ स्थित नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा जनताको विश्वास जित्न जनप्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले जनतासँगको सम्बन्ध सुधारका लागि जागरण अभियान सञ्चालन गरेकाले जनसङ्गठनलाई परिचालित गरिएको जनाउनुभयो ।

“हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्छ ।”, महासचिव पोखरेलले भन्नुभयो, “परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट चलेर अब हुँदैन । माक्र्सवादलाई सृजनात्मक प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर जान सक्नुपर्छ ।” आफूहरूले विगतमा सरकार सञ्चालन गर्दा आर्थिक र सामाजिक विकासलाई महत्त्व दिए पनि युवालाई देशभित्र रोजगारी दिन नसक्दा असन्तोष बढेको आत्मसाथ गर्नुपर्ने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>