चितवन विशेष

घर भित्रै अक्सिजन बढाउन चितवन ग्रीन लियोले बाड्यो स्नेक प्लान्ट

Banner

चितवन, साउन १७–

लियो क्लवहरुले जुलाई महिनालाई वृक्षरोपण महिनाको रुपमा मनाइरहेका छन् । विभिन्न क्षेत्रहरुमा वृक्षरोपण गर्दै आइरहेको क्लवहरुले फरक खालका कार्यक्रमहरुलाई पनि अगाडि बढाउँदै लैजान थालेका छन् । टोल विकास संस्थाहरुसंग समन्वय गरेर वृक्षरोपण अभियान थालेको चितवन ग्रीन लियो क्लवले इन्डोर प्लान्ट (घर भित्र राृेपिने बिरुवा)लाई पनि संगै अघि बढाएको छ । परीक्षणको रुपमा क्लवले आफ्नै सदस्यहरुको घरमा अनिवार्य हुर्काउने गरी इन्डोर प्लान्ट अगाडि बढाएको हो ।

भरतपुर–१० स्थित तन्दुर प्यालेसमा आयोजित कार्यक्रममा क्लवका सदस्यहरुलाई स्नेक प्लान्ट हस्तान्तरण गरिएको क्लवका प्रथम उपाध्यक्ष हरि पौडेलले जानकारी दिए । कार्यक्रमका संयोजकहरु सुबोध न्यौपाने र लियो टेकराम महतोले इन्डोर प्लान्टको महत्वको बारेमा प्रकाश पारेका थिए । अहिले कोभिड–१९ का कारण अक्सिजनको हाहाकार भइरहेको बेला यो प्लान्ट अत्ति नै आवश्यक रहेको उनीहरुको भनाई थियो । यो प्लान्ट धेरै अक्सिजन दिने बिरुवामा पर्छ । यो प्लान्ट घर भित्र रहने भएकाले घर र अफिसको शोभा बढाउनुको साथै घर भित्रको वातावरण पनि सफा राख्छ ।

चितवन ग्रीन लियो क्लवका अध्यक्ष सुबर्ण खरेलको अध्यक्षतामा भएको कार्यक्रम चितवन ग्रीन लायन्स क्लवका अध्यक्ष गुणराज दाहाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बी टु नेपलाका एक्जुकेटिभ सेक्रेटरी पुरुषोत्तम सुबेदी, जिल्ला परिषद सहसचिव लियो बिक्रम पुरी ,जिल्ला परिषद निर्देशक सुशान्त खतिवडा, चितवन ग्रीन लियो क्लबका संस्थापक अध्यक्ष लियो लायन रोशन पौडेल, चितवन ग्रीन लायन्स क्लबका पूर्व अध्यक्षहरु प्रकाश पौडेल, डिल्लीराम अधिकारी, चितवन ग्रीन लायन्स क्लबका निवर्तमान अध्यक्ष ई.सुमन कोईराला, लियो जिल्ला परिषद ३२५ बी टु नेपाल रिजन १२ चियरपर्सन आशिष कंडेल, रिजन ११ चियरपर्सन दिपेश ज्ञावाली, छिमेकि लियो क्लवका अध्यक्षहरु कुसल सापकोटा, बिनिता पौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>