Breaking News

एमाले (माधव नेपाल समूह)को भरतपुर महानगर कमिटी घोषणा, अध्यक्षमा विष्णुराज महतो

०
Banner

चितवन, साउन १७–

नेकपा (एमाले) भित्रको विवाद चर्कदै गएपछि माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ ।

शनिबार भरतपुरमा आयोजित भेलालले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा केशवराज पोखरेल, सचिवमा रोहित सुवेदी र सह–सचिवमा शोभा पण्डित चयन भएका छन् ।

नवनिर्वाचित कमिटीले शनिबार नै सपथ ग्रहण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहेका एमालेका केन्द्रीय सदस्य एवंम प्रदेश कमिटीका सह–संयोजक केदार न्यौपानेले नवनिर्वाचित महानगर कमिटीलाई शपथ ग्रहण गराएका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी बिचलनमा आएको आरोप लगाए । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज एवंम बागमती प्रदेश सांसद कृष्ण खनाल, केन्द्रीय प्रतिनिधि सूर्य लामिछाने, माधव समूहको एमाले जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>