राजनीति

माधव नेपाललाई लाल गद्दार भन्दै गृहजिल्ला रौतहटमा आइटी आर्मीको प्रदर्शन

०
Banner

रौतहट,साउन १६-

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल मोटरसाइकल र्‍यालीसहित जनप्रदर्शन भएको छ। शनिबार काठमाडौंमा नेपाल निकट अखिल फोर्सले आयोजना गरेको मोटरसाइकल र्‍यालीको काउन्टर र्‍याली रौतहटमा निकालिएको हो।

पूर्वशहरी विकासमन्त्री प्रभु साहको नेतृत्वमा गठन भएको आर्मीले मोटरसाइल ¥याली प्रदर्शन गरेको हो । आर्मीका केन्द्रीय संयोजक सिवी साह र प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा ¥याली निकालिएको थियो ।

रौतहटको मौलापुर, ईशनाथ, कटहरिया, देवाही गोनाही, गरुडा, फतुवाविजयपुर, चन्द्रपुर, वृन्दावन, परोहा, बौद्धीमाईलगायत नगरपालिका तथा यमुनामाई गाउँपालिकाबाट आएका समर्थक ¥यालीमा सहभागी थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>