चितवन विशेष
चितवनका ११ सय व्यवसायीले लगाए कोरोनाविरुद्धको खोप

चितवन, साउन १६-
उद्योग वाणिज्य संघ–चितवनले आज संघमा आवद्ध व्यवसायीलाइ कोरोनाको खोप लगाएको छ ।
संघको परिसरमा आज एक हजार १०० व्यवसायीलाई कोरोना खोप लगाएको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणको कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिडको प्रकोप शुरु भए पश्चात निजी क्षेत्रले राहत वितरण लगायतका क्रियाकलापमा अग्रभागमा रही काम गर्दै आएको बताउदै हाल मात्र संघमा आवद्ध सदस्यलाई कोरोना खोप लगाउन सफल भएको बताए । कार्यक्रममा उनलै भरतपुर महानगरपालिका प्रमुख, महानगरपालिका कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा खोप लगाउन सम्भव भएको बताउंदै
भरतपुर महानगरपालिका र जनस्वास्थ्य कार्यालय चितवन प्रति आभार व्यक्त गरे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघका पदाधिकारी, कार्यसमिति सदस्य उद्यमी व्यवसायी, सुरक्षा निकाय, स्वास्थ्यकर्मि संघका कर्मचारी प्रति पनि आभार व्यक्त गरे । संघले गत बर्ष पनि संघमा आवद्ध व्यवसायीहरुका लागि कोरोना बिमाको व्यवस्था गरि कोरोना संक्रमित व्यवसायीहरुलाई बिमा रकम हस्तान्तरण गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कोरोना खोप लगाउन बांकी सदस्यका लागि थप खोप व्यवस्थापन गर्ने तयारी भइरहेको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । समापन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो । प्रथम चरणमा संघले ११ सय व्यवसायीलाई जोनसोन कम्पनीको खोप उपलब्ध गराएको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिए ।






















