राजनीति

कोहलपुरमा काँग्रेस र माओवादी परित्याग गरी १ सय ५० जना एमालेमा प्रवेश

Banner

कोहलपुर,साउन १६-

बाँकेको कोहलपुरमा एक सय ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन। नेपाली काग्रेस र माओवादी केन्द्र परित्याग गरी उनिहरु एमालेमा प्रवेश गरेका हुन । कोहलपुर नगरपालिका वडा न. ११ कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य हारुन हलुवाईले जन–जनमा नेकपा एमाले प्रतिको स्नेह रहिरहेको बताए । उनले राष्ट्रियता प्रतिको एमाले अडानका कारण नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताए ।

पूर्व सांसद देवराज भारले राष्ट्रियतालाई आत्म साथ गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउदै राष्ट्र हित विपरित काँग्रेस र माओवादी केन्द्रले गतिविधिहरु गरेको आरोप लगाए । नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकालले नेकपा एमाले पार्टी कसैले चाहेर फुट्ने र जुट्ने पार्टी नभएको बताए । उनले नेकपा एमाले जनताको पार्टी रहेको बताउदै कसैले चाहेर पार्टी कमजोर नबन्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>