राजनीति

ओलीले अध्यक्ष पद नछाडेसम्म एकता हुँदैनः झाँक्री

Banner

काठमाडौं,साउन १६-

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन् । उनले भनेकी छन्, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ ।’

प्रतिगमनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने पनि उनले बताएकी छन् । ‘दुई दुई पटक संसद् विघटन गर्ने प्रतिगमनकारी कि जनादेश ? एउटै पार्टीमा उभिएपछि एउटै धारणा हुनुपर्छ कि पर्दैन ? यदि प्रतिगमनकारी हो भने त्यहीँ पार्टीलाई शीरमा राखेर बस्न सक्छौँ कि सक्दैनौँ ? प्रतिगमन होइन भने प्रतिगमन हो भनेर हामी संसद्मा विद्रोह गरेर अदालतसम्म पुग्नेहरु त्यो पार्टीको सदस्य हुन्छन् कि हुँदैनन् ?,’ उनको प्रश्न छ । उनले आफूहरु पार्टी एकता विरोधी नभएको पनि स्पष्ट पारेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>