चितवन विशेष

प्रदेश सांसद रामलाल महतोको क्षेत्रमा ५४ करोड बजेट विनियोजन

०
Banner

चितवन, साउन १५–

बागमती प्रदेशका सांसद रामलाल महतोको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं.३ (ख)मा ५४ करोड बजेट विनियोजन भएको छ । सांसद महतोको पहलमा क्षेत्र नं. ३ (ख)का लागि बागमती प्रदेश सरकारले ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

निर्वाचन क्षेत्रको भरतपुर महानगरपालिका क्षेत्रमा सडक निर्माणका लागि ८ करोड ३८ लाख, नदी नियन्त्रण तथा खानेपानीतर्फ १ करोड ६५ लाख, भौतिक पूर्वाधार निर्माणतर्फ २ करोड ९९ लाख, प्रदेश शसर्त अनुदान ६० लाख र संघको शसर्त अनुदान एक करोड ३५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै सोही निर्वाचन क्षेत्रको माडी नगरपालिका क्षेत्रमा सडक निर्माणतर्फ ५ करोड ८५ लाख, सिँचाई नदी, नियन्त्रण तथा खानेपानीतर्फ ८ करोड ९२ लाख, भौतिक पूर्वाधार निर्माणतर्फ ४ करोड ५ लाख, शसर्त अनुदान २ करोड ५ लाख ५७ हजार, समपुर अनुदान तर्फ ३ लाख, विशेष अनुदान ६० लाख संघको ससर्त अनुदान तर्फ ५ लाख ५० हजार रुपैयाँ, बजेट विनियोजन भएको सांसद महतोले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>