राजनीति

माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन सकिँदैनः ईश्वर पोखरेल

Banner

काठमाडौं,साउन १५-

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित १५ साउनको खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारे ।

पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गतेअघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नु पर्‍यो नि, सबैले, उनले भने ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>