राजनीति

कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

Banner

रुपन्देही,साउन १५ –

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्दै कालीगण्डकी-तिनाउ डाइभर्सन गर्नुपर्ने बताएका छन् ।  शेरचनले विवाद सुल्झाएर डाइभर्सन अघि बढाउनुपर्ने बताएका हुन् ।
सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए । ‘गण्डकी प्रदेश प्रमुख हुँदा पनि मैले यही सुझाव दिएको हुँ,’ उनले भने, ‘डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।’ शेरचनले संविधानभन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरे अनुसार निर्णय गर्ने बताए ।

आफ्नो कार्यकालमा कुनै अप्रिय विवाद देख्न नपर्ने अवस्था सिर्जना गर्ने उनले बताए । लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिए । प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उनको भनाइ छ । प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>