राजनीति

उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम १८ दिनमा गर्‍यौंः महतो

Banner

जनकपुरधाम,साउन १५-

पूर्वमन्त्री राजेन्द्र महतोले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै महतोले नागरिकता अध्यादेश ल्याए पनि अदालत बेइमान भएपछि कार्यान्वयन नभएको बताए । ‘हामीले अध्यादेश ल्यायौं, तर अदालतले उल्टो काम गरिदियो’ उनले भने । उपेन्द्र यादव १८ महिना सरकारमा रहँदा यी कामहरु गर्न नसकेको उनको भनाइ छ । ‘उपेन्द्रजीले चार पटक प्रयास गरे पनि गर्न नसकेको काम हामीले एकै पटकमा गरेका छौं,’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको र उनी मधेसको पक्षमा आएपछि सहयोग गरेको उनले प्रष्टीकरण दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>