Breaking News
नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
०

काठमाडौँ,साउन १४ –
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ५५५ जनामा गरिएको पीसीआर परीक्षणमा २,३३५ जना र ४,६८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार ८०७ जनाको मृत्यु भएको छ ।
यस्तै आज कोरोना संक्रमणबाट १ हजार ३७३ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ६ लाख ५० हजार ४४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























