Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज चार जनाको मृत्यु, १८५ जना नयाँ संक्रमित थपिए

Banner

चितवन, साउन १४-

चितवनमा आज एकैदिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका दुई जना, नवलपरासी र तनहुँको एक एक जनाको भरतपुर अस्पतालमा निधन भएको हो । योसँगै चितवनमा ३२७ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमणका २१३ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ७५ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा ८८ जनाको उपचार भइरहेको छ । त्यस्तै विगत २४ घण्टामा १९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी आज चितवनमा १८५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा १४८ जना, खैरहनीमा १ जना, माडीमा १३ जना, रत्ननगरमा १६ जना, कालिकामा ६ जना र इच्छाकामनामा एक जना रहेका छन् । चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>