विजनेश

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

Banner

काठमाडौं,साउन १४-

बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि जाने प्रमुख कारण हुन् । यस दिन बिमा र होटेल तथा पर्यटन समूहमा बढी आकर्षण देखिएको थियो ।

प्रायः साउन–भदौमा सेयर बजारमा रौनकता आउने गर्छ । यस समयलाई सेयर बजारको प्रमुख सिजनका रूपमा लिइन्छ । साउन मसान्तसम्म सबै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने र त्यसपछि लाभांश घोषणा हुने भएकाले सेयर बजारमा लगानीकर्ता सक्रिय हुने जानकारहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>