राजनीति
कांग्रेस र माओवादी परित्याग गरि झापामा एउटा गाउँ नै एमालेमा प्रवेश
०

झापा,साउन १३-
नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरि झापामा एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ । केन्द्रमा एमालेको आन्तरिक किचलो बढीरहेको बेला पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला स्थित झापा गाउँपालिकामा एउटा गाउँनै एमालेमा प्रवेश गरेको हो ।
नेपाली कांग्रेसले तिसौ वर्ष मुलुकमा शासन गर्दा समेत कुनै परिवर्तन नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमै मुलुकको कायापलट गरेको भन्दै झापा गाउँपालिका २ स्थित वालुवाटारमा वसोवास गर्ने दुई सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेको झापा गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र ताम्लीले बताए।
सो गाउँका स्थानीय डिल्ली हेमरम र भैयालाल माझीको नेतृत्वमा ५० घरपरिवारबाट करिव दुइ सय जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























