देश/प्रदेश

कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन

Banner

काठमाडौं, साउन १३ –

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन गरेको छ ।

साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले आज छलफल गरी सो निर्देशन गरेको हो । कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिएका हुन् ।

‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नुपर्ने उनले बताए । परीक्षा शुरु हुनु अगावै विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था मिलाउन पनि सरकारलाई अनुरोध गरेको उनीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>