Breaking News

चितवनका विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त

Banner

चितवन, साउन १२–

चितवनको रत्ननगर नगरपालिका–३ निवासी डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>