चितवन विशेष

रत्ननगरमा विपद् तथा जलवायु उत्थानशिल योजना बनाउन कार्यशाला

Banner

चितवन, साउन १२-

रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजनाको विषयमा आज सर्वपक्षिय कार्यशाला गरिएको छ ।

विपद् व्यवस्थापन र प्रभावित समुदायलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयवस्तु र कार्ययोजनाको विषयमा गोष्ठीमा छलफल गरिएको हो । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र एशियाली विपद् पूर्वतयारी केन्द्रको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाले नगर विपद् प्रोफाइल र स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना निर्माण गर्दैछ । योजना निर्माणको काम बुधबार देखिनै सुरु हुने वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।

योजना निर्माणको लागि १६ वटै वडामा पुगेर विपद् बुझेका, विपद् प्रभावित, रेडक्रस, जनप्रतिनिधि,टोल विकास संस्था र विभिन्न समूह तथा मेयर उपमेयरसहित वडाध्यक्ष सहितका जनप्रतिनिधिसँग छलफल तथा अन्तक्रिया गरी नगर प्रोफाइल तयार गर्ने र त्यसपछि योजना निर्माणको काम सुरु हुने श्रेष्ठले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कर्मचारी कृष्णप्रसाद घिमिरेले नेपालमा विपद्को परिदृश्य, जोखिम न्यूनीकरण तथा व्यवस्थापन, केन्द्रका परामर्शदाता यसप्रसाद सुब्बाले स्थानीय विपद् तथा जलवायु उत्थानशिल योजना तर्जुमा र एशियाली विपद् पूर्वतयारी केन्द्रकी परामर्श दाता शक्ति गुरुङले योजना प्रक्रियामा लैङ्गिकता तथा समावेशीकरणको सवालको विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले विपद् व्यस्थापन र जोखिम न्यूनीकरणको लागि नगरपालिकाले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर नारायण वनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि भरपर्दो आधार तयार गर्न योजना निर्माण गर्न लागिएको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडी, वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>