Breaking News

चितवनमा आज एकैदिन १९५ कोरोना संक्रमित थपिए, चितवन मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

Banner

चितवन, साउन १२-

चितवनमा कोरोनाका १९५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा १३८ जना, खैरहनीमा ३ जना, माडीमा १९ जना, रत्ननगरमा १० जना, राप्तीमा २ जना र कालिकामा २३ जना संक्रमित थपिएका हुन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ९५६ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ८३८ जना, अस्पतालको आइसोलेसनमा ११० जना र सार्वजनिक आइसोलेसनमा ८ जना सक्रिय संक्रमित रहेका छन् ।

चितवन मेडिकल कलेजमा मकवानपुरका एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ३५ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी विभिन्न अस्पतालमा भर्ना भएर १८३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ६१ जना, भेन्टिलेटरमा ११ जना, एचडीयूमा ४४ जना र जेनरल बेडमा ७८ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>